कुश्मा नगरपालिकामा संयुक्त गठबन्धनको घरदैलो अभियान शुरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ बैशाख २०७९, शुक्रबार
2 Min Read
Aa

पर्वतको कुश्मा नगरपालिकामा संयुक्त गठबन्धनको तर्फबाट नगरप्रमुख र उप्रमुखको उम्मेदवारहरुले संयूक्त भेला तथा घरदैलो अभियान शुरु गरेका छन् । जिल्लाको धार्मिक तथा ऐतिहाँसिक स्थल पार्वतीको जन्मभूमी पाङबाट चुनावी अभियान शुरु गरिएको हो । उम्मेदवारहरुले पार्वती गुफा र मन्दिरको दर्शन गरेर चुनावी अभियानमा सहभागी भएका थिए ।

कुश्मा नगरपालिकाका नगरप्रमुखका उम्मेदवार रामचन्द्र जोशी, उपप्रमुखका उम्मेदवार शंकर गिरी, वडाध्यक्षका उम्मेदवार खगराज पौडेल सहित वडाका सदस्य पदका उम्मेदवारहरु, नेपाली काँग्रेस, नेकपा माओबादी, नेकपा एकिकृत समाजबादी लगायतका दलका नेताहरु समेत अभियानमा सहभागी हुनुभयो ।

कुश्मा नगरपालिकाको समृद्धि र विकासका लागि अवको पाँच वर्ष कुश्मा नगरपालिकामा संयुक्त गठबन्धनको नेतृत्व आवश्यक रहेको उनीहरुले मतदाता समक्ष जानकारी दिएका छन् । कुश्मा नगरपालिकाका संस्थापक प्रमुख समेत रहेका उम्मेदवार रामचन्द्र जोशीले अघिल्लो कार्यकालमा शुरुवात गरेका कामहरु अपूर्ण रहेका र ति योजनाको पूर्णताका लागि फेरि जनता समक्ष मत माग्न आईपुगेको बताउनुभएको थियो । जोशीले कुश्मा नगरपालिका कृषि, पशुपालन, धार्मिक तथा पर्यटकिय दृष्टिले महत्वपूर्ण रहेको तथा भौतिक पूर्वाधार विकासमा पनि धेरै काम गर्नुपर्ने आवश्यकता रहेकाले अवको पाँच वर्षलाई फेरि जनताको सेवा गर्ने मौकाका लागि मतदान गर्न पाङवासीहरुलाई अनुरोध गर्नुभयो ।

लोकतान्त्रिक आन्दोलनमा पाङले खेलेको भूमिकाको उहाँले प्रसंसा समेत गर्नुभयो । नगर उपप्रमुखका उम्मेदवार शंकर गिरीले कुश्मा नगरपालिका संभावनाकै संभावनाको स्थल रहेको चर्चा गर्दै कुश्मा नगरपालिकाको सन्तुलित विकासका लागि लोकतान्त्रिक बाम गठबन्धनले जित्नुपर्ने बताउनुभयो । गिरीले कुश्माको विकासको खाका तयार पारेर जनता समक्ष मत माग्न पुगेको स्पष्ट पार्नुभयो । कार्यक्रममा वडाध्यक्षका उम्मेदवार खगराज पौडेलले पाङवासीहरुलाई मतका लागि आव्हान गर्नुभयो । पाङको विकासमा काँग्रेस र माओबादी पार्टीले जति अरु पार्टीले विकास नगरेको भन्दै पाङवासीहरु आफ्ना उम्मेदवार लाई जिताउन आतुर रहेको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्