प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको वार्तामा राष्ट्रपतिमा सहमति जुटाउने प्रयास

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको वार्तामा राष्ट्रपतिमा सहमति जुटाउने प्रायस भैरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच वार्ता चलिरहेको छ । दुई नेताहरुबीच राष्ट्रपति निर्वाचनलाई लिएर गठबन्धनका दलहरुबीच देखिएको बेमेलका बारेमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । नेकपा ९माओवादी केन्द्र०ले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति हुनुपर्ने अडान लिएपछि नेकपा एमालेलगायत सत्ता गठबन्धनका दलहरू रुष्ट रहँदै आएका छन् । दुई नेताबीचको आजको छलफल राष्ट्रपतिमा सहमति जुटाउने प्रयासमै केन्द्रित रहने भएको छ ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad imageAd image

प्रतिक्रिया दिनुहोस्