आजको मौसम: तराईमा हुस्सु लाग्ने, हिमाली भेगमा हिमपात

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ माघ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नम्बर १ र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

- Advertisement -
Ad image
यसैगरी, राती प्रदेश नम्बर १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्