जरायो मारेको आरोपमा दुई प्रदेश सांसदसहित ४९ जनाविरुद्ध मुद्दा दर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० माघ २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ–पर्सा रास्ट्रिय निकुञ्जमा जरायो मारेको आरोपमा निकुञ्जले दुई जना प्रदेश सांसद सहित ४९ जना बिरुद्ध मुदा दर्ता गरेको छ।

गत पुस ४ गते निकुञ्जको जङलबाट मृत जरायो र हतियारसहित पक्राउ परेकाहरु सहित ४९ जना विरुद्ध मुदा दर्ता गरिएको हो।

- Advertisement -
Ad image

४५ दिनको अनुसन्धान पछि सो प्रकरणमा निकुञ्जले प्रदेश सासंदहरु प्रमोद जैसवाल र श्याम बहादुर खड्का सहित ४९ जना विरुद्ध मुदा दर्ता गरिएको पर्सा रास्ट्रिय निकुञ्जका सूचना अधिकारी सुर्य खडकाले जानकारी दिए।

यसै गरि पर्सा सखुवा प्रसौनी गाउँपालिकाका पुर्ब अध्यक्ष प्रदीप जैसवालविरुद्ध पनि मुदा दर्ता भएको उनले बताए।

उनीहरूलाई निकुञ्जले वन्यजन्तुको अवैध चोरी सिकारीका लागि मतियारको रुपमा काम गरेको ठहर गर्दै उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ बमोजिम सजाय हुने सूचना अधिकारी खड्काले बताए।

सांसद खड्काको हकमा निकुञ्ज कार्यालय आफ्नो नाममा दर्ता भएको हतियार अन्य व्यक्तिलाई प्रयोग गर्न दिएर वन्यजन्तुको सिकार गर्न लगाएको निकुञ्जले निष्कर्ष निकालेको छ।

उनलाई निकुञ्जले हातहतियार खरखजना ऐन,२०१९ बमोजिम थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेर समेत पठाएको छ।

त्यस्तै पक्राउ परेका झापसदास थारु, नवराज बस्ने, शिल सहनी, दामोदार अधिकारी, म्लाङडोङ तामाङ, प्रकाश केसी, सुलम मियाँ अन्सारी, भोलाबहादुर थापा पुन मगरलाई भने सो ऐनको दफ २६(३) बामोजिम सजाय हुने निर्णय भएको छ।

प्रमोद पर्सा क्षेत्र नम्बर ३ को १ बाट स्वतन्त्र बाट गत मंसिर ४ मा प्रदेश सभा सदस्यमा र श्याम बहादुर काठमाडौं क्षेत्र नम्बर ५ को २ बाट कांग्रेसबाट निर्वाचित भएका थिए ।

गत पुस ४ गते मधेसका प्रदेश सांसद प्रमोदकुमार जयसवालको सखुवा प्रसौनी–१ स्थित घरबाट बरामद मारिएको जरायो र हतियारसहित पाँच जना पक्राउ परेका थिए।

उनीहरूको साथबाट टोलीले मृत अवस्थामा रहेको जरायो र जरायोको सिङ, शिकार गर्न प्रयोग भएका १२ बोरको भरुवा बन्दुक १ थान, १२ राउण्ड गोली, पाँच थान मोबाइल, दुई लाख ९० हजार ६ सय ३० रुपैयाँ नगद बरामद भएको थियो।

साथै बा ५ त ७८०५ नम्बरको गाडी, र प्रदेश २–०३–००१ च ३०९७ नम्बरको बोलेरो गाडी पनि नियन्त्रण लिइएको थियो।

प्रदेश २–०३–००१ च ३०९७ नम्बरको बोलेरो गाडी सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवालको जैसवाल ईन्टरप्राईजेजको नाममा दर्ता छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्