पाकिस्तानको मस्जिदमा विस्फोट हुँदा कम्तिमा २८ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं–
पाकिस्तानको पेशावर सहरको एक मस्जिदमा भएको विस्फोटमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । विष्फोटमा १५० भन्दा बढी व्यक्ति घाइते भएका छन् । मस्जिदमा मानिसहरु खचाखच भरिएका बेला विस्फोट भएको बिबिसीले जनाकारी दिएको छ। विष्फोटबाट भवनको एक भाग ध्वस्त भएको छ।

मानिसहरु भत्किएको भवनमा पुरिएको स्थानीय अधिकारीहरुले बताएका छन्। घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ। विस्फोटको कारण भने खुलिसकेको छैन। प्रधानमन्त्री शहबाज सरिफले आक्रमणको कडा निन्दा गरेका छन् । ‘घटनाको इस्लामसँग कुनै सम्बन्ध छैन। आतंकवादको खतराविरुद्ध सम्पूर्ण राष्ट्र एकजुट छ,’ प्रधानमन्त्री सरिफले भनेका छन्।

- Advertisement -
Ad image

अफगानिस्तानसँगको सीमानानजिक रहेको उत्तर–पश्चिमी सहरमा दिउँसो प्रार्थनाको क्रममा विस्फोट भएको हो। प्रहरी, सेना र बम डिस्पोजल टोली घटनास्थलमा पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विष्फोटपछि राजधानीमा इस्लामावादमा पनि प्रहरीले सुरक्षा उच्च सतर्कता अपनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्