प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओलीबिच बालकोटमा भेटबार्ता, मन्त्रिपरिषद विस्तारबारे छलफल जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच बालकोटमा भेटबार्ता भएको छ । आजको भेटमा मुख्यत सभामुखबारे छलफल रहेको नेताहरुले बताएका छन् । सभामुखको निर्वाचनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक हुँदैछ । भेटमा मन्त्रिपरिषदको भागवण्डा मिले मन्त्रिपरिषद विस्तार गर्ने र सभामुखको विषयमाथिको  छ । बिहीबार सभामुखको निर्वाचन हुने तयारी भएको र संघीय सरकारलाई पूर्णता दिने काम पनि अघि बढेको प्रधानमन्त्री प्रचण्डले बताएको छ ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने १० वटै दलको बैठक राखेका छन् । उनले आफूलाई कांग्रेसलगायतका दललेसमेत विश्वासको मत दिएको भनी सभामुख र राष्ट्रपतिका विषयमा उनीहरुसित समेत छलफल गर्नुपर्ने बताएका थिए । त्यसपछि एमाले नेताहरु शसंकित बनेका छन् । यसकारण पनि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच पछिल्लो समय भेटघाट बाक्लिएको छ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्