यती एयर दुर्घटना: प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ माघ २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । काठमाडौंबाट यात्रु बोकेर पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुख व्यक्त गर्दै आकस्मिक बैठक बोलाएका हुन् ।
दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । दुर्घटनाको बिवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान  गरिसकेका छन् ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्