आध्यात्मिक र मनोवैज्ञानिक रूपमा सबल हुन योग आवश्यक छ: प्रधानमन्त्री प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं–
आठौँ राष्ट्रिय योग दिवसका आवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योगलाई आत्मासाथ गर्नु पर्ने र भौतिक विकासले मात्र मानिस जातीको रक्षा गर्न नसक्ने बताएका छन् । भौतिक सँगै आध्यात्मिक र मनोवैज्ञानिक रूपमा सबल हुन सके मात्र जीवन सार्थक बनाउन सकिन्छ ।
योगको आवश्यकताबारे नेपाल सरकारले शिक्षाका माध्यमबाट जनतामा पुर्‍याउने प्रचण्डले प्रतिबद्धता गरे । योग शिक्षा र साधनालाई विद्यालय स्तरबाटै प्राथमिकता दिन आवश्यक रहेको बताए ।
पछिल्लो समय विभिन्न किसिमका भाइरसहरूको उत्पत्ति भइरहेको सन्दर्भमा रोगलाई रोक्ने सर्वोत्तम उपाय पनि योग हो भन्ने कुरा भुल्न नहुनेमा बताए ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad imageAd image

प्रतिक्रिया दिनुहोस्