नाबालिगलाई बलात्कार गरेको आरोपमा थुनामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । आज उच्च अदालत पाटनले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते थुनामै राखेर बलात्कारसम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेशविरूद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । बिहीबार सोही निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो।
असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।


प्रतिक्रिया दिनुहोस्