“प्रचण्ड” नेतृत्वको सरकारलाई विश्वासको मत दिने कांग्रेस कार्यसम्पादन समितिको निर्णय,संसदीय समितिको बैठक बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ पुष २०७९, मंगलवार
1 Min Read
Aa

नेपाली कांग्रेसको भर्खरै सम्पन्न कार्यसम्पादन समितिको बैठकले पुष्पकमल दाहाल “प्रचण्ड” नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।  अब संसदीय दलको बैठक बस्दैछ । संसदीय दलको बैठकले त्यसलाई अनुमोदन गर्ने नेता कृष्ण प्रसाद सिटौलाले बताएका छन् । त्यसअघि बिहान धुम्बाराही स्थित देउवा निवासमा भएको पदाधिकारी बैठकमा  सहमति जुट्न नसकेपछि कार्यसम्पादन समितिको बैठक बसेको थियो ।

संसदीय दलको बैठकमा सभापति तथा दलका नेता शेरबहादुर देउवाले प्रचण्ड सरकारलाई विश्वासको मत दिन पार्टीमा ह्यीप जारी गर्ने  छन् ।

- Advertisement -
Ad image

प्रधानमन्त्री प्रचण्ड सोमबार मात्र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका थिए । भेटमा प्रचण्डलाई देउवाले विश्वासको मत दिने आश्वासन दिएका थिए।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा प्रचण्ड सरकारलाई बिश्वासको मत दिनु नहुने पक्षमा थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्