सरकारले पृथ्वी नारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पौष २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पौष २७मा सार्वजनिक विदा दिने उल्लेख गरिएको थियो । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । सो न्यूनतम साझा कार्यक्रमलाई सोमबारकै मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्