आज मध्यरातिदेखि लागू हुने गरि नेपाल आयल निगमले इन्धनको मूल्य घटायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं– आइतबार मध्यरातिदेखि लागू हुने गरि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको जानकारी दिइएको छ । अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्ने भएको छ । यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर (करिब प्रतिलिटर ३० रुपैयाँ) घटेको निगमले जानकारी दिएको छ ।
नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४२० डलर पर्नेछ ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्