पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने प्रस्ताव

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – सरकारको न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने प्रस्ताव समेटिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कार्यदलमा रहेका महामन्त्री धवल शमशेर जबराले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनेसहित राप्रपाले उठाएका प्रस्ताव न्यूनतम साझा कार्यक्रममा समेटिएको जानकारी दिए ।

- Advertisement -
Ad image
“यो प्रस्ताव हो । यसलाई शीर्ष नेताको बैठकले पारित गरेपछि मात्र लागु हुन्छ,” महामन्त्री जबराले बाह्रखरीसँग भने, “पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने  विषय समेटिएको छ ।”

उनले राप्रपाले उठाएका अन्य विषय पनि समेटिएको तर सबै अहिले बताउन नमिल्ने बताए ।

सरकारमा सहभागी हुन राप्रपाले प्रमुख सर्तका रूपमा पृथ्वी जयन्ती पर्ने दिन पुस २७ गते सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग राख्दै आएको छ ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्