कर्णाली प्रदेशसभा सदस्यले लिए शपथ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – कर्णाली प्रदेश सभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सोमबार प्रदेश सभाका ३९ जना सदस्यहरूलाई ज्येष्ठ सदस्य विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। शाहलाई सोमबार बिहान ११ बजे प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए।

- Advertisement -
Ad image

दैलेख २ (ख) बाट निर्वाचित ६६ वर्षीय शाह नेकपा एमालेका कर्णाली प्रदेश सदस्य हुन्। ४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली काँग्रेसका १४ जना सांसद छन्।

नेकपा माओवादीबाट १३, नेकपा एमालेबाट १० जना सांसद छन्। नेकपा (एकीकृत समाजवादी) र राप्रपाबाट एकरएक जना सांसद छन्। स्वतन्त्र एक जना सांसद छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्