देउवा र प्रचण्डबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार बिहान भेटवार्ता भएको छ ।

उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब डेढ घण्टा छलफल भएको हो ।

- Advertisement -
Ad image

आज बिहान साढे ९ देखि ११ बजेसम्म भएको भेटवार्तामा चुनावी समीक्षा र नयाँ सरकार गठनलगायत विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

“डेढ घण्टा दुई शीर्ष नेताहरूबीच भेट भएको हो,” स्रोतले भन्यो ।

सत्ता गठबन्धनमा आबद्ध यी दुई दलका शीर्ष नेताबीच निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा भेटवार्ता बाक्लिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्