ओलीले आज चितवन र सिन्धुलीको चुनावी सभालाई सम्बोधन गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रचारप्रसारमा देश दौडाहामा छन् ।

पूर्वप्रधानमन्त्री ओलीले आज चितवन र सिन्धुलीको दुधौलीमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ। चितवनको कार्यक्रमलाई सम्बोधन गरेर सिन्धुली जाने एमाले सचिवालयले जनाएको छ।

- Advertisement -
Ad image

ओलीले आइतबार कर्णालीका कालीकोट, दैलेख र सुर्खेतमा त्यसैगरी, शनिबार सुदूरपश्चिमका डोटी र कैलालीका तीनवटा चुनावी सभालाई सम्बोधन गरेका थिए।

एमालेमाथि चौतर्फी प्रहार भएको भन्दै उनी जिल्लाका चुनावी सभामा पुगेका हुन्। ओलीले देशको राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानको रक्षा गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न नेकपा९एमाले०लाई मतदात गरी विजयी बनाउन आग्रह गर्दै आएका छन्।

एमालेविरुद्ध सत्तारुढ दलले गठबन्धन गरेका छन्। प्रतिपक्षमा रहेको एमालेले केहि स्थानमा जसपा र राप्रपासँग तालमेल गरेको छ। निर्वाचन आउन अब ६ दिन मात्र बाँकी रहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्