झापाका पाँच स्थानीय तहमा १७ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – झापाका पाँच स्थानीय तहमा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्र अन्तरगत भद्रपुर, कचनकवल र हल्दिबारीका सबै वडा, मेचीनगरका १४, १५ वडा र बिर्तामोडका ७, ८ र १० वडाको सेवा अवरुद्ध भएको हो ।

बर्खासँगै परेको चट्याङले बिर्तामोडको अनारमनि सबस्टेशनबाट भद्रपुर वितरण केन्द्रतर्फ आउने १३२र३३ केभीको प्रसारण लाइनको एउटा टावरमा क्षति पुर्याएको थियो ।

- Advertisement -
Ad image

चट्याङले बिर्तामोड–८ स्थित नेपाल चोक छेउको एउटा टावर नै ढालिदिएको वितरण केन्द्र प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी दिए । टावर ढलेपछि कर्मचारी हरुले बिहानदेखि दिउँसो १२ बजेसम्म मर्मत कार्य गरेपनि विद्युत् सेवा सुचारु हुन नसकेको उनले बताए ।

‘टावर त बन्यो, तर अनारमनि सबस्टेशनको पावर ट्रान्सफर्मरमा समस्या देखा पर्यो,’ उनले भने, ‘अहिले ट्रान्सफर्मरको मर्मत कार्य जारी छ, मर्मत हुन साथ विद्युत् सुचारु हुन्छ ।’ यता १७ घण्टादेखि विद्युत् सेवा अवरुद्ध हुँदा खानेपानी वितरणमा पनि समस्या देखा परेको छ । विद्युतबाट चल्ने यस क्षेत्रका अधिकांश पसल तथा उद्योगको कामकाज ठप्प भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्