नेपाली सेनाको नक्कली ट्रक बनाई भारतबाट रजनीगन्धा ओसार्ने चार जना विरुद्ध मुद्दा दायर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेपाली सेनाको नक्कली ट्रक (कलर पोतेर) बनाई भारतबाट रजनीगन्धा ढुवानी गर्ने चार जना विरुद्ध मुद्दा दर्ता भएको छ। भारतबाट गैरकानुनी रुपमा सुगन्धित गुड्खा आयात गर्ने चार जनालाई कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेको हो।
प्रतिवादीहरूले भारतमा उत्पादित रजनीगन्धाको बिल बिजक तथा भन्सार प्रज्ञापनपत्र लगायतका कागजात नभएका २४ कार्टुन (३११.०४ केजी) गैरकानुनी ट्रकमा राखेर ढुवानी गर्ने क्रममा विभागले पक्रिएको थियो।

यसरी ढुवानी गरिएको गुट्खा काठमाण्डौ लगायतका क्षेत्रमा वेचविखन गर्ने गरेको विभागको अनुसन्धानमा देखिएको छ। चार जना विरुद्ध विभागले १८ लाख ४६ हजार बिगो माग गरेको छ।

- Advertisement -
Ad image

यस्तै प्रतिवादी तिर्थराज ढकालको हकमा रजनीगन्धा ओसारपसारमा संलग्न बरामदीत ट्रक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.बाट सुरजनमाला जनरल स्टोरको नाममा लिइ दुरुपयोग गरिएकोमा छुट्टै मुद्दा दर्ता भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्