ललिता निवास प्रकरणमा जोडिएको भन्दै विजय गच्छदारको उमेदवारीविरुद्ध आयोगमा उजुरी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – कांग्रेस उमेदवार विजयकुमार गच्छदारको उमेदवारीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । काठमाडौं ७ का विवेक अधिकारीले उनीविरुद्ध उजुरी दिएका हुन् ।

ललिता निवास प्रकरणमा जोडिएकाले उनी अघिल्लो कार्यकालमा पनि निलम्बित अवस्थामा रहेको र अहिले पनि जितेर आए सांसद बन्न नपाउने अवस्था रहेकाले उमेदवारी खारेजीको माग निवेदनमा गरिएको छ ।

- Advertisement -
Ad imageAd image

“सुनसरी क्षेत्र नम्बर ३ आफैंमा संवेदनशील निर्वाचन क्षेत्र हो । यो क्षेत्रलाई नेपालको सबैभन्दा महंगो निर्वाचन क्षेत्रसमेत भनिन्छ । निज गच्छदारले २०४८ सालदेखि पटकपटक त्यस क्षेत्रबाट निर्वाचित हुँदा राज्य शक्ति, पद र पैसादको व्यापक दुरुपयोग गर्दै, जनतालाई धम्क्याउँदै, डरत्रास र प्रलोभन देखाएर निर्वाचन जितेको, मतदान र मतगणनामा व्यापक धाँधलीसमेत गरेको भन्दै सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधीन अवस्थामा रहेको छ । यस विषयले पनि निज गच्छदारको उमेदवारी खारेज हुनुपर्छ ।

निजमाथि लागेको आरोप फैसला नहुन्जेल निर्वाचनमा भाग लिन रोक लगाइयोस् । गच्छदारमात्रै होइन, भ्रष्टाचार, फौजदारी अभियोगलगायत जति पनि अभियोग लागेकाहरुलाई निर्वाचनमा लड्न बन्देज लगाइयोस्,” निवेदनमा भनिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्