दुईवटा जन्म मिति रहेको भन्दै प्रधानमन्त्री देउवाको उम्मेद्वारी रद्द गर्न निर्वाचन आयोगमा उजुरी

नागरिकतामा देउवाको जन्म मिति २००३ ज्येष्ठ ३१ गते र  मतदाता नामावलीमा २००२ ज्येष्ठ ३१ गते रहेको देखिएको छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा उल्लेखित जन्म मिति फरक परेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ  ।

डडेलधुराबाट उम्मेद्वारी दर्ता गराएका देउवाको जन्म मिति फरक फरेको भन्दै उनका प्रतिश्पर्धी कर्ण मल्लले उजुरी दिएका हुन् ।

- Advertisement -
Ad image

नागरिकतामा देउवाको जन्म मिति २००३ ज्येष्ठ ३१ गते र  मतदाता नामावलीमा २००२ ज्येष्ठ ३१ गते रहेको देखिएको छ ।

डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाको उम्मेदवारी विरुद्ध परेको उजुरीमाथि आवश्यक कारबाही सुरु भइसकेको गोरक्षपोस्टलाई बताए  ।’ उनले भने, ‘उजुरीमाथि भोलिसम्ममा निर्णय हुनेछ ।’

उम्मेदवार विरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानूनी व्यवस्था छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्