कमल थापाले सूर्य चिन्ह प्रयोग गर्नेगरी गरे उम्मेदवारी दर्ता

एमालेले कमल थापालाई सहयोग नगर्ने निर्णय गरेपनि, हिजो केपी ओली झापा जानु अघि ओली र थापाको भेटले एमाले निर्णय बदलियो ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको सूर्य चिन्ह प्रयोग गर्नेगरी उम्मेदवारी दर्ता गराएका छन् ।

मकवानपुर–१ बाट नेकपा एमालेको समर्थनमा उम्मेदवारी दर्ता गरेपछि पत्रकारसित कुरा गर्दै निर्वाचन जित्नकैलागि आफूले सूर्य चिन्ह लिएको बताए । साथै थापाले राष्ट्रको संकट पार लगाउन समेत एमालेसँग सहकार्य गरिएको बताए | थापाले भने – “नेकपा एमालेसँगको सहकार्य निर्वाचनमा विजयी हुनलाई मात्र नभई  मुलुकका विद्यमान संकट समाधान गर्न राष्ट्रिय परिवेशको आवश्यकताको उपज हो|”

- Advertisement -
Ad imageAd image

मकवानपुरमा एमालेले थापालाई उम्मेदवार बनाएपछि असन्तुष्टी चुलिएको छ ।

एमालेले कमल थापालाई सहयोग नगर्ने निर्णय गरेपनि, हिजो केपी ओली झापा जानु अघि ओली र थापाको भेटले एमाले निर्णय बदलियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्