काठमाडौँ – वीरगंजमा स्रोत नखुलेको रकमसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको भारतीय रूपैयाँ २८ लाख ५६ हजार सहित नुवाकोट शिखरवेसी(७ बस्ने ४५ वर्षीया अनिता तामाङ लगायत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नगद सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्