पेट्रोल पम्पमा विष्फोट हुँदा १० जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – आयरल्याण्डको उत्तरपश्चिम क्षेत्रमा पर्ने डोनेगल काउन्टीमा रहेको पेट्रोल पम्पमा भएको विस्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

गार्डा सिओचाना प्रहरी बलले आठ जनालाई अस्पताल भर्ना गरिएको र यस घटनाका कारण १० जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

- Advertisement -
Ad image

“क्रेस्लो गाउँमा रहेको उक्त स्थानमा थप हताहतीका लागि खोजी र उद्धार कार्य जारी छ,” विज्ञप्तिमा भनिएको छ ।विष्फोटको कारण खुल्न नसकेको र भग्नावशेषबाट खोजी कार्य जारी रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्