भोली ५ बजेसम्म प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गरि सक्नुपर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– शनिवार निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलन बोल्दै असोज २३ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गरि सक्नुपर्ने बताए । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि भोलि हुने प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता समयमै गर्न आयोगले आग्रह गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कार्यक्रम परिवर्तन गर्न सुझाव आए पनि आयोगले पूर्वनिर्धारित कार्यक्रममा परिमार्जन नगर्ने बताएका छन् । उम्मेदवारी दर्ता गर्ने क्रममा समस्या परेमा आयोगले सहयोग गर्ने उनले बताए ।
मनोनयन दर्ता स्थलमा २५ जनाभन्दा बढीको जुलुस लैजान पनि सचेत गराइएको छ।
उनले भने–‘उम्मेदवारी दर्ता गर्नका लागि उम्मेदवारको भौतिक उपस्थिति कानुनले आवश्यक ठानेको छैन । वारेस मार्फत पनि गर्न सकिन्छ । उम्मेदवारी दर्ताका लागि आवश्यक पर्ने दलको आधिकारिक पत्र, निस्सा, वारेसनामा समस्या आएमा आयोगको केन्द्रीय कार्यालयबाट सम्बन्धित सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाउन आयोग सहयोग गर्न तयार छ । यसका लागि आयोगले सचिवालयलाई भनिसकेको हुनाले राजनीतिक दलले आयोगको तर्फबाट पाउनुपर्ने सहयोग पाउनुहुन्छ ।’

गोरक्ष पोस्ट

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्