दशमीको अवसरमा अध्यक्ष ओलीले बालबालिकालाई दशैंको टीका लगाइ दिए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ आश्विन २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विजया दशमीको अवसरमा बालबालिकालाई टीका लगाइदिएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले दमकस्थित आफ्नै निवासमा बालबालिकाहरूलाई टीका लगाइदिएका हुन् । उनी केही दिनअघि दशैं मनाउन धर्मपत्नी राधिका शाक्यसहित गृह नगर दमक पुगेका छन् ।

- Advertisement -
Ad image

ओलीले दमकमा आफ्ना बुवा मोहनप्रसाद ओलीसँग टीका लगाएर अन्य सर्बसाधरणलाई पनि लगाइदिने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्