बंगलादेश विरुद्ध नेपाल ३-१ ले विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

भर्खरै सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशमाथि जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो । नेपालका अन्जन विष्ट ह्याट्रिक गरे ।

- Advertisement -
Ad image

विष्टले १८औं मिनेटमा विमल घर्ती मगरले राइड साइडबाट प्रहार गरेको फ्रि-किकमा हेडर गोल गर्दै खाता खोले । २७औं मिनेटमाअन्जनले नै नेपालको अग्रता दोब्बर बनाए । तेज तामाङको प्रहार बंगलादेशी गोलकिपर अनुसुर रहमानले पञ्च गर्दा रिबाउन्ड आएको बललाई अन्जनले १८ यार्ड बक्सभित्रबाट सहजै गोल गरे ।

 

खेलको ३८औं मिनेटमा गोल गर्दै अन्जनले ह्याट्रिक पूरा गरे। नेपाललाई ३–० को अवस्थामा पुर्‍याए । विशाल राईले प्रहार गरेको फ्रिकिकमा अन्जनले पेनाल्टी क्षेत्रमा हेडर गोल गरेका थिए।

खेलको ५७औं मिनेटमा बंगलादेशका मोहम्मद बादशाहले एक गोल फर्काए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्