काठमाडौँ – निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको आचारसंहिता बुधबार (भोलि) देखि लगाउने निर्णय गरेको छ ।
आज बसेको आयोगको बैठकबाट बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरिएको हो । आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए ।
आयोगका अनुसार आज राति १२ बजेपछि आचारसंहिता लागु हुने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो मंसिर ४ गते हुँदै छ ।


प्रतिक्रिया दिनुहोस्