काठमाडौं– म्यादी प्रहरीका लागि माग गरेको भन्दा दोब्बर भन्दा बढिको आवेदन परेको छ। १ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन खुलाएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ। मंसिर ४ गते हुने भनिएको प्रदेश र प्रतिनिधिसभा चुनाव सुरक्षाका लागि आवेदन खुलाएको हो।
सातवटै प्रदेशबाट २ लाख ३३ हजार १०९ जनाको आवेदन असोज ६गतेसम्ममा परेको प्रहरी प्रधान कार्यालय नक्सालले जानाकारी दिएको छ। यसरी आवेदन दिनेहरुमा ६० हजार ५८७ जना महिला छन्। मधेश प्रदेशमा सबैभन्दा धेरै आवेदन परेको छ।
उपत्यका प्रदेशमा ९ हजार ७२ जनाको आवेदन परेको छ। त्यस्तै १ नम्बर प्रदेशमा ३ हजार ८२६ जनाको आवेदन परेको हो। जसमा १० हजार १४६ जना महिला छन्। मधेश प्रदेशमा ६७ हजार ४१५ जनाको आवेदन पर्दा महिलाको संख्या १२ हजार १७७ रहेको छ। वाग्मती प्रदेशमा २१ हजार १०६ जनाको आवेदन परेको छ। गण्डकी प्रदेशमा १७ हजार ४१२ जनाको आवेदन परेको प्रहरीले जानकारी दिएको छ। लुम्बिनी प्रदेशमा ४२ हजार ९८३, कर्णालीमा १४ हजार ८८१ र सुदूरपश्चिम प्रदेशमा २४ हजार ४१४ जनाको आवेदन परेको छ।
१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीका लागि आवेदन दिएका हुन् । यसअघि नै म्यादी प्रहरी भइसकेका, पूर्व प्रहरी, सशस्त्र र नेपाली सेनालाई समेत प्राथमिकतामा राखिएको छ। आवेदन परेकामध्ये ७० हजार ९५ जना पूर्वप्रहरी र म्यादी प्रहरी रहेको जनकारी दिएको छ ।
म्यादी प्रहरीमा माग गरेको भन्दा दोब्बर आवेदन

प्रतिक्रिया दिनुहोस्