एमालेसँग चुनावी तालमेल गर्न लोसपाले बनायो समिति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा ९एमाले० लगायतका दलसँग तालमेलको तयारी गरेको छ । वार्ताका लागि वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय समिति अध्यक्ष महन्थ ठाकुरले गठन गरेका छन् ।

समितिमा नेताहरू शरदसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनाल सदस्य रहेका छन् । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदै छ । निर्वाचनमा एमालेसँगै मधेस केन्द्रित दलहरूसँग लोसपाले छलफल गरिरहेको छ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्