काठमाडौँ – लेबनानमा आप्रवासी चढेको एउटा डुंगा सिरियाको तटमा डुब्दा ५३ जनाको मृत्यु भएको छ । करिब २० जनालाई उद्धार गरिएको लेबनानका यातायात मन्त्रीले शुक्रबार जानकारी दिएका छन् ।
सिरियाली सहर टार्टसको तटीय क्षेत्रमा बिहीबार भूमध्यसागरमा डुबेको सानो डुङ्गामा १०० भन्दा बढी व्यक्ति सवार रहेका थिए । सवार यात्रुहरु अधिकांश लेबनानी र सिरियालीहरु रहेका थिए । दर्जनौं अझै बेपत्ता रहेका बताइएको छ ।
एजेन्सी


प्रतिक्रिया दिनुहोस्