निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई महाअभियोग लगाउन सिफारिस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– आज महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन सिफारिस गरेको छ । महाअभियोग सिफारिस समितिका ११ सदस्यीयहरुले सत्तारुढ गठबन्धनमा आवद्ध रहेका दलका ६ सांसदले बहुमतका आधारमा प्रतिवेदन पारित गरेका जनाइएको छ । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका गरी ५ सदस्यले भने फरक मत राखेका छन् । नेकपा एमालेले प्रतिवेदनमाथि ८ बुँदे फरकमत राखेको छ ।
प्रतिनिधिसभा सदस्यहरुको कार्यकाल सकिने अन्तिम दिन समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउँदैछ । फरक मत राख्ने एमाले सांसदहरु भने सभामुखसमक्ष नजाने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array