शनिवार को राशिफल:ॐ सदगुरु गोरक्षनाथको कृपाले यी राशिहरु को भाग्य चम्किने छ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ असार २०७९, शनिबार
12 Min Read
Aa
RASHIFAL

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आफूलाई कमजोर या नजान्ने नठान्नु होला । मिहिनेत नै त्यस्तो साँचो हो, जसले असम्भवलाई पनि सम्भवमा परिणत गर्दछ । नयाँ उत्साह जाग्ने समय हो, खुसी र प्रसन्नताको सीमा हुनेछैन । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर अहङ्कारबाट टाढा रहनु राम्रो हुनेछ । नयाँ जिम्मेबारी वा पदभार ग्रहण गर्ने दिन हो । सहकर्मीका माझमा क्रूर बन्नुको सट्टा व्यवहारिक बन्नसकेमा मात्र काम निकाल्न सकिने छ । आज ८० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क १, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पूर्व रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अञ्जनीसुताय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आफूलाई चित्त नबुझेको कुरालाई राम्ररी पहिल्याएर भन्न सकेमा मनको तुस हटेर जानेछ र सुखानुभूति मिल्नेछ । कार्यक्षेत्रमा बोझ बढ्ने र धेरै मिहिनेत गर्नुपर्ने दिन छ । आर्थिक दृष्टिले कमजोर दिन भएकाले अनावश्यक खर्चमा नियन्त्रण गर्नु जायज हुन्छ । मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा केही लाभ लिने समय हो, तर पनि आर्थिक विषयले तनाव बढ्नेछ । आज ४५ प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ३, शुभ रङ गाढा नीलो र शुभ दिशा उत्तर रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

दैनिक कामधन्दामा सहजताको अनुभूति हुनेछ, दाम्पत्य जीवनमा पनि सोचेजस्तै समझदारी रहने दिन छ । अझ साथीसंगी र बाल्यावस्थाका मित्रसँग भेटघाट हुनाले दिन रमाइलो बन्नेछ । वैदेशिक यात्रा वा छात्रवृत्तिका लागि प्रयास गर्दै हुनुहुन्छ भने नबुझेको/नजानेको विषयवस्तुका बारेमा अनुभवी र सिनियरसँग छलफल गर्ने समय हो । घरको जीणर्ोद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । अड्किएको वा फँसेको धन हात पर्नसक्छ । अर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुन्छ । आज ०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क २, शुभ रङ गाढा नीलो र शुभ दिशा पश्चिम रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सूर्यात्मजाय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

कर्मको प्रतिफल हात पार्ने तथा पदासीन व्यक्तित्वसँग निकटता बढ्ने दिन हो, लगनशील भएमा पुरस्कार र बढुवा पाउन सकिने छ । व्यक्तिगत प्रयोजनमा केही महत्त्वपूणर् समय बित्नसक्छ । सम्बन्धमा फाटो बढ्ने भएकाले लवमेटको सम्पर्कमा रहनु होला । नयाँ ढंगले कारोबारमा सुधार गर्न योजना बनाउने दिन हो, कुनै पेसामा आबद्ध हुनुहुन्छ भने पदोन्नति हुने वा चाहेको परिणाम हात पार्न सकिने छ । आज ९० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क १, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ विश्वकर्मणे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

विशेष परिस्थितिमा काम छाडी बाहिर निस्कन सकिन्छ, तथापि नियमित कामबाट फाइदा नै हुनेछ । नयाँ लगानीले धनधान्य र भाग्यबल दुबै पक्षमा लाभ हुनेछ । घरपरिवारका सदस्यहरुसँग पूणर् समय हर्षोल्लासका साथमा बित्नेछ । पतिपत्नी एकसाथ कतै घुमघाममा वा किनमेलमा जाने अनुकूलता मिल्नेछ । कुनै प्रदर्शन वा प्रतिस्पर्द्धामा सरिक हुँदै हुनुहुन्छ भने आज गरेको प्रयासमा सफलता र स्याबासी मिल्ने देखिन्छ । आज ३० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सुराचार्याय नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

कामको चाप र दायित्व बढ्दै जाँदा शरीरमा कमजोरी देखिन सक्छ, व्यवहारिक जिम्मेबारीमा मात्र होइन, आफ्नो तन्दुरुस्ती र स्वास्थ्यको पनि ख्याल राख्ने समय हो । नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता हानिकारक बन्नसक्छ । धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ, त्यसैले दुराशा र महत्त्वाकाङ्क्षालाई थाती राखी शान्त र संयम भई आफ्नो काममा निरन्तरता दिनु राम्रो हुन्छ । आज ०५ प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ८, शुभ रङ गाढा नीलो र शुभ दिशा उत्तर रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

लामो समयपछि कतै एकान्तमा बस्न पाउने र रमाउने समय छ, आफ्ना कुरा सुनाउनुभन्दा पार्टनरका भावना बुझ्ने प्रयास गर्नुहोला । पारिवारिक जीवन र दाम्पत्य जीवन सुखमय रहनेछ । आज मिलनसार स्वभावको विकास हुनाका साथै ठूलाबडासँग सम्बन्ध बन्ने दिन हो । भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय हो, नयाँ लगानी गर्नु छ भने जीवनसाथीको नाममा सुरु गर्नुहोस्, फाइदा हुनेछ । आज ८० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कामाक्षीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ु०९ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

अतिरिक्त क्रियाकलाप वा प्रतिभा प्रदर्शन गर्न अनुकूल समय छ, तर कलह र विवादको योग बनेको छ, त्यसैले कम बोल्नु ठीक हुन्छ । शारीरिक थकान र बेचैनीको समय हो, अरुको समस्यामा चिन्ता गर्ने हुँदासमेत तनावमा बृद्धि हुनसक्छ । हरेक काममा सहनशक्ति बलियो बनाउनु पर्छ । व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन हो, तर पनि स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ६, शुभ रङ ध्वाँसे/कालो र शुभ दिशा दक्षिण रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ रां राहवे नमः यस मन्त्रलाई कम्तीमा १८ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्ने समय छ । ज्ञान बढाएर व्यक्तित्वको विकास गर्नु उचित हुन्छ, केही गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला । व्यक्तित्व विकास र उज्ज्वल भविष्यको कामना राखी काम गर्ने समय हो, प्रयास गरेमा इनसर्भिस अध्ययन वा तालिमको अवसर प्राप्त हुनेछ । कुनै समस्या देखिएको छ भने पार्टनरसित भेट गरी कुरा राख्नसके समाधानको बाटो पहिल्याउन सकिने छ । आज ३५ प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भुवनेश्वर्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

पदप्रतिष्ठामा अभिबृद्धि हुने तथा आम्दानीका मार्गहरू सहज हुने सुन्दर समय छ । यस अवधिमा घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गर्नु राम्रो हुन्छ । अन्य व्यापारका तुलनामा सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदि कारोबारमा मनग्ये लाभ पाउने समय छ । घरभित्रका झिनामसिना काममा व्यस्त रहँदा समय बितेको पत्तो पाइँदैन, तर सानातिना र बेकामे कुरामा मन अल्झियो भने निराशा व्यहोर्नुपर्छ । आज २५ प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ४, शुभ रङ रातो र शुभ दिशा उत्तर रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कुलपूजितायै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

प्रतिष्ठित व्यक्तिहरूसित सम्पर्क बढ्ने तथा पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने राम्रो समय छ । नयाँ सवारी साधन किन्ने वा साटफेर गर्न योजना बनाउने दिन हो ।  साझेदार र सहकर्मीको सुझाव लाभदायी ठहरिने छ । कामधन्दा छोडेर सामाजिक क्रियाकलापमा सक्रिय भइने छ, तथापि चुस्तदुरुस्त व्यवस्थापनका कारण बेफाइदा हुनेछैन । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ तर पारिवारिक दायित्व र जिम्मेबारी बढिरहने समय हो । बरु दाजुभाइ वा माइतीपक्षको सरसहयोग जुटाउन सक्नुहुन्छ । आज ८० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हं हनुमते नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

अचानक नचिताएको धन हातमा आइपुग्ने समय हो, कतिपय परिस्थितिमा धनको फुइँ लाउने अवसर पनि आउने छ, तर खर्चबर्चको उपभोगमा सचेत र संयम हुनुपर्ने दिन हो । बोली र व्यवहारले धेरैलाई आकर्षित तुल्याउने समय हो । दोहोर्याएर काम गर्नु परे पनि नतिजा लाभदायक नै रहनेछ । एकआपसमा भेटघाट हुने र रमाउने वेला छ, तर बोल्दा निकै विचार पुर्याउनु होला, ससाना कुरामा पनि नोकझोक बढ्ने समय छ । आज ७५ प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो र शुभ दिशा दक्षिण रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धनदाय कुबेराय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array