सिके राउत पार्टीका मेयर निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ जेष्ठ २०७९, बुधबार
0 Min Read
Aa

सिके राउत नेतृत्वको जनमत पार्टीले नगरपालिकाको मेयरमा जित हात पारेको छ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीका वीरेन्द्र माझी मेयर निर्वाचित भएका हुन्।

- Advertisement -
Ad image

उनले जनता समाजवादी पार्टीका शैलेसकुमार साहलाई पराजित गरेका हुन्। माझीले ६४०७ मत पाए भने साहले ६२४६ मत ल्याए।

उपमेयर भने जसपाकी सरितादेवी यादवले जित हात पारेकी छन्। उनले ६५१२ मत ल्याएकी छन् भने जनमतकी पार्टीकी रेखादेवी मण्डलले ५९८२ मत पाएकी छन्।

Source

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्