नेप्सेमा दोहोरो अंकको उत्साहजनक वृद्धि, कारोबार रकम साढे ५ अर्ब नाघ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०८३, मंगलवार
2 Min Read
Aa

बैंकिङ समूहको आडमा बजार उकालो, १६५ कम्पनीको सेयर मूल्यमा सुधार

काठमाडौँ – साताको कारोबारको तेस्रो दिन मङ्गलबार सेयर बजार परिसूचक (नेप्से) मा दोहोरो अंकको उत्साहजनक वृद्धि देखिएको छ। अघिल्लो दिन २.२६ अंकको झिनो सुधार देखिएको बजारमा आज नेप्से परिसूचक १५.३९ अंक (०.५८ प्रतिशत) ले उकालो लागेर २,६३८.९५ विन्दुमा बन्द भएको हो।

- Advertisement -
Ad image

परिसूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य उछाल आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज ३५० कम्पनीका १ करोड ४६ लाख ७० हजार १७७ कित्ता सेयर ५२ हजार ३८७ पटक खरिदबिक्री हुँदा कुल ५ अर्ब ५५ करोड ३० लाख १९ हजार २४९ रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन सोमबार ३ अर्ब ८२ करोड रुपैयाँको मात्र कारोबार भएको थियो, जुन तुलनामा आज १ अर्ब ७३ करोड रुपैयाँले कारोबार बढेको हो।

सेन्सेटिभ इन्डेक्समा सुधार, अधिकांश कम्पनी हरियाली
आज ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.८६ अंकले बढेर ४८२.३९ विन्दुमा पुगेको छ। यस्तै, फ्लोट इन्डेक्स १.२५ अंकले उकालो लागेर १८३.८९ विन्दुमा कायम भएको छ।
कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य बढेपछि लगानीकर्तामा उत्साह देखिएको छ। आज १६५ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

बैंकिङ समूहको नेतृत्वमा ११ उपसमूह उकालो
कारोबारमा आएका १३ उपसमूहमध्ये लघुवित्त र ‘अन्य’ समूहबाहेक बाँकी ११ वटै उपसमूह हरियो बनेका छन्। बैंकिङ समूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशतले बढ्दै समग्र बजारलाई उकालो लगाउन मुख्य भूमिका खेलेको छ।

कमाउनेतर्फ आज एभरेस्ट कलर लिमिटेडको सेयर मूल्य सर्वाधिक ५.०५ प्रतिशतले बढेको छ भने मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै घट्न पुगेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्