प्रधानमन्त्री दैवी उद्धार कोषकाे रकम दुरुपयोग हुँदैन: महावीर पुन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ मंसिर २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त भएको रकमको दुरुपयोग नहुने बताएका छन्।

सोमबार मन्त्रालयमा नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले कोषमा गरेको सहयोग रकम बुझ्दै मन्त्री पुनले कोषको रकम पारदर्शी रूपमा नै खर्च हुने भन्दै दुरुपयोग नहुने स्पष्ट पारेका हुन्।

- Advertisement -
Ad image

उनका अनुसार बाटोघाटो, पुल, स्कुल तथा अस्पतालहरू बगाएका स्थानमा पुनर्निर्माण गर्न र राहत पुर्‍याउन कोषको रकम खर्च भइरहेको छ । मन्त्री पुनले विभिन्न सङ्घसंस्था तथा विदेशी निकायहरूको इस्टिमेट अनुसार हालैको बाढीपहिरोबाट करिब ३–४ खर्ब रुपैयाँ बराबरको ठुलो नोक्सानी भएको भन्दै राहत कोषको रकमले मात्र पुनर्निर्माण गर्न पर्याप्त नहुने उल्लेख गरे।

नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु एक करोड १७ लाख ६० हजार रुपैयाँ हस्तान्तरण गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्