लो स्कोरिङ खेलमा जनकपुरमाथि सुदूरपश्चिमको २७ रनको रोमान्चक जित: सुदूरपश्चिमको प्लेअफमा स्थान लगभग पक्का, बाहिरियो जनकपुर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ कार्तिक २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को रोमान्चक खेलमा जनकपुर बोल्ट्सलाई २७ रनले स्तब्ध पार्दै सुदूरपश्चिम रोयल्सले प्लेअफमा आफ्नो स्थान लगभग सुरक्षित गरेको छ। यो लज्जास्पद हारसँगै जनकपुर बोल्ट्स भने प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रनको सामान्य योगफल मात्र तयार पारेको थियो। सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले ३३ र थारिन्दु रत्नायाकेले अविजित २७ रन जोडे। जनकपुरका कप्तान हरमीत सिंहले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिँदै सुदूरपश्चिमलाई कम स्कोरमा रोकेका थिए।

- Advertisement -
Ad image

तर, १२१ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स सुदूरपश्चिमका बलरहरूको घातक प्रहारका सामु टिक्न सकेन र १९.५ ओभरमा मात्र ९३ रनमा अलआउट भयो। जनकपुरका लागि तृत् राज दासले २१ र जेम्स निशमले २० रन बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन्। सुदूरपश्चिमका स्कट कुगेलेइनले ३ विकेट लिँदै जनकपुरको इनिङ्स ध्वस्त पारे।

यो जितसँगै ६ खेलबाट ८ अंक जोडेको सुदूरपश्चिम रोयल्स तालिकाको दोस्रो स्थानमा उक्लँदै प्लेअफ नजिक पुगेको छ, भने पराजित जनकपुर ५ औँ स्थानमा सिमित हुँदै बाहिरिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्