तिहारको बिदामा बिन्दास मुडमा प्रधानमन्त्री बालेन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ कार्तिक २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री बालेन शाह तिहारको सार्वजनिक बिदामा फुर्सदिलो मुडमा देखिएका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो फरक र रमाइलो शैलीको तस्बिर सार्वजनिक गरेका हुन् ।

तिहारको उल्लाससँगै सार्वजनिक बिदाको समय बिताइरहेका बालेनले फेसबुकमा आफ्नो एउटा तस्बिर पोस्ट गरेका छन् । तस्बिरमा उनी कालो पहिरन, कालो चस्मा र हल्का फुलेको दाह्रीमा देखिएका छन् ।

- Advertisement -
Ad image

एक हातले कपाल सुम्सुम्याउँदै क्यामेरातिर हेरेको उनको हाउभाउ तस्बिरमा देखिन्छ । उनको यो फरक लुक्स अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्