गृहमन्त्रीको प्रतिबद्धता: देउसी–भैलोका नाममा हुने अमर्यादित गतिविधिमाथि निर्मम नियन्त्रण गरिने, २४सै घण्टा खेल्न पाइने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ कार्तिक २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौं – तिहारको अवसरमा परम्परागत देउसी–भैलोका नाममा हुने अश्लील, अमर्यादित तथा विकृत गतिविधिलाई नियन्त्रण गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको गृहमन्त्री सुधन गुरुङले बताएका छन्। नेपाली संस्कार र सांस्कृतिक मर्यादामा आँच आउने गरी खेलिने देउसी–भैलोका क्रममा हुने जुनसुकै गैरकानुनी क्रियाकलापलाई कानुनबमोजिम निर्ममतापूर्वक नियन्त्रण गरिने उनले स्पष्ट पारेका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले यस्ता विकृतिप्रति गृह मन्त्रालय गम्भीर रहेको उल्लेख गरेका छन्। उनले मौलिक सस्कृति जोगाउनका लागि देउसी–भैलोको क्रममा कुनै पनि अमर्यादित गतिविधि देखिएमा तत्काल नेपाल प्रहरीको आपत्कालीन नम्बर १०० मा खबर गर्न सर्वसाधारणलाई आग्रह समेत गरेका छन्।

- Advertisement -
Ad image

यस वर्षको तिहारमा देउसी–भैलोलाई मर्यादित र सुव्यवस्थित रूपमा २४सै घण्टा सञ्चालन गर्न दिने निर्णय गृह मन्त्रालयले गरिसकेको छ। सोहीअनुसार देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई देउसी–भैलो खेल्न रोकतोक नगर्न तर गृह मन्त्रालयले जारी गरेका कडा सर्तहरू पालना गराउन निर्देशन दिइएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्