टाइम म्यागजिनको जलवायुसम्बन्धी प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री डा. वाग्ले छनोट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ कार्तिक २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौं – विश्वविख्यात ‘टाइम’  म्यागजिनले यस वर्ष (२०२६) का लागि सार्वजनिक गरेको जलवायु मुद्दाका विश्वका १०० प्रभावशाली व्यक्तित्वहरूको सूचीमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले छानिएका छन्।

१०३ वर्षको लामो विरासत बोकेको यस प्रतिष्ठित सूचीमा पर्न सफल भएका डा. वाग्लेले विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्ययता, नीति निर्माता तथा निर्वाचित राजनीतिज्ञका रूपमा पुर्‍याएको योगदानको कदर गरिएको छ।

- Advertisement -
Ad image

विशेष गरी रसुवाको भोटेकोशी बाढीपश्चात् उनले विश्व मञ्चहरूमा जलवायु न्यायका लागि गरेको कडा पैरवी, जलवायु वित्तका लागि आवश्यक पहल र स्रोत व्यवस्थापन तथा अन्तर्राष्ट्रिय प्रणालीगत सुधारका पक्षमा राख्नुभएका स्पष्ट विचारहरू अत्यन्त उल्लेखनीय मानिएका छन्।

यस वर्ष टाइम म्यागजिनको यस प्रतिष्ठित सूचीमा अर्थमन्त्री डा. वाग्लेसँगै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम र युरोपेली कमिसनकी अध्यक्ष उर्सला भन डर लेयनलगायत विश्वका चर्चित हस्तीहरू पनि सूचीकृत भएका छन्। यस किसिमको अन्तर्राष्ट्रिय सम्मानले नेपालको जलवायु मुद्दा र आर्थिक कूटनीतिलाई विश्वसामु थप उचाइमा पुर्‍याएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्