काठमाडौं – १० भदौको विनाशकारी बाढीमा परी अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानलाई सरकारले पूर्ण छात्रवृत्ति उपलब्ध गराउने भएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले पहिलो चरणमा २७ जना विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेको छ। त्यसपछि थप विद्यार्थी पहिचान गरी चरणबद्ध रूपमा छात्रवृत्ति उपलब्ध गराइने मन्त्री सस्मित पोखरेलले जानकारी दिए।
मन्त्री पोखरेलका अनुसार बाढीपीडितका सन्तानले विद्यालय तहदेखि उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्न पाउनेछन्।
निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सम्बन्धित निकायमार्फत व्यवस्था मिलाइनेछ भने उच्च शिक्षाका विद्यार्थीलाई विश्वविद्यालय तथा क्याम्पसका छात्रवृत्ति कोटामा समावेश गरिने मन्त्रालयले जनाएको छ।
यसका लागि विश्वविद्यालय अनुदान आयोगमार्फत आवश्यक प्रक्रिया अघि बढाइनेछ।


प्रतिक्रिया दिनुहोस्