काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट लयमा रहेको लुम्बिनी लायन्सको अपराजित यात्रा समाप्त भएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको रोमान्चक भिडन्तमा काठमाडौँ गोर्खाजले लुम्बिनीको विजय यात्रालाई पूर्णविराम लगाउँदै सानदार जित दर्ता गरेको छ।
काठमाडौँले दिएको १६१ रनको बलियो लक्ष्य पछ्याउने क्रममा लुम्बिनीको ब्याटिङ लाइनअप पावर प्लेमै पूर्ण रूपमा ध्वस्त भएको थियो। सुरुवाती ओभरहरूमा लगातार विकेट गुमाएपछि दबाबमा परेको लुम्बिनी सम्हालिन सकेन र खेल आफ्नो पक्षमा पार्न असफल रह्यो।
काठमाडौँको जितमा अन्तर्राष्ट्रिय स्टार डेविड वार्नर र बलर जहानदाद खान नायक बने। ब्याटिङतर्फ आक्रामक इनिङ खेल्दै वार्नरले उत्कृष्ट अर्धशतक प्रहार गरेर टोलीलाई चुनौतीपूर्ण योगफलसम्म पुर्याएका थिए।
त्यसपछि बलिङमा कहर मच्चाउँदै जहानदाद खानले महत्वपूर्ण ४ विकेट लिएर लुम्बिनीको इनिङलाई धराशायी बनाइदिए। वार्नरको कप्तानी इनिङ र खानको सटिक बलिङकै मद्दतले काठमाडौँले लुम्बिनीमाथि महत्त्वपूर्ण विजय हासिल गरेको छ।


प्रतिक्रिया दिनुहोस्