आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली तथा पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ कार्तिक २०८३, सोमबार
1 Min Read
Aa
e/tk'/,@* h]7M udL{sf sf/0f hghLjg k|efljt lrtjgsf] e/tk'/df 5ftf cf]8]/ ;8sdf lxFl8/x

काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ।

उक्त प्रणालीका कारण हाल देशभर आंशिक बदलीको अवस्था रहेको छ भने दार्चुला, बझाङ र हुम्लाका एक-दुई स्थानमा हल्का वर्षाका साथै हिमपात भइरहेको महाशाखाले जनाएको छ।

- Advertisement -
Ad image

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यसका साथै लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा समेत हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ।

यसैगरी आज राति देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई भूभाग, काठमाडौं उपत्यका तथा खोँचहरूमा भने बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्