एनपीएलमा आज काठमाडौँ–कर्णाली र सुदूरपश्चिम–चितवन भिड्दै, कसले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ कार्तिक २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई महत्त्वपुर्ण खेलहरू हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

दिनको पहिलो खेलमा दिउँसो १२:३० बजे काठमाडौँ गोर्खाज र कर्णाली याक्स आमनेसामने हुनेछन्। प्रतियोगितामा काठमाडौँ आफ्नो पहिलो जितको खोजीमा रहेको छ। यसअघि खेलिएको आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको काठमाडौँका लागि आजको खेल जित्दै अंक तालिकामा खाता खोल्ने दबाब छ।

- Advertisement -
Ad image

अर्कोतर्फ, कर्णाली याक्स उत्कृष्ट लयमा देखिएको छ। अहिलेसम्म खेलेका दुवै खेलमा (जनकपुर बोल्ट्स र विराटनगर किङ्सविरुद्ध) जित निकाल्दै ४ अंक जोडिसकेको कर्णाली आज लगातार तेस्रो जित दर्ता गर्दै अंक तालिकाको शीर्ष स्थानमा आफ्नो पकड अझ बलियो बनाउने रणनीतिसहित मैदान उत्रनेछ।

त्यस्तै, साँझ ५ बजे सुरु हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।

सुदूरपश्चिम रोयल्सका लागि आजको खेल निकै महत्त्वपूर्ण मानिएको छ। हालसम्म खेलेका ३ खेलमध्ये १ खेलमा जित र २ खेलमा हार व्यहोरेको सुदूरपश्चिम अङ्क तालिकामा गति समात्न आज जित्नै पर्ने दबाबमा छ।

यता चितवन राइनोज भने प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ। आफूले खेलेको पहिलो खेलमा जित हात पारेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँड्नु परेको थियो। ३ अंकका साथ बलियो स्थितिमा रहेको चितवन आज सुदूरपश्चिमलाई हराउँदै जितको लय कायम राख्ने प्रयासमा रहनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्