ऐतिहासिक लिगलिगे राजा छान्ने दौड सुरु, पालुङटार नगरपालिकाभर आज सार्वजनिक बिदा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ आश्विन २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौं – गोरखाको ऐतिहासिक र सांस्कृतिक धरोहरको रूपमा रहेको प्रसिद्ध ‘लिगलिगे दौड’ प्रतियोगिता आज भव्य रूपमा आयोजना भइरहेको छ। पालुङटार नगरपालिकाले ऐतिहासिक लिगलिगकोटको गौरवमय परम्परा तथा आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको यस १२औँ शृङ्खलामा देशभरका धावकहरूको उत्साहजनक सहभागिता रहेको छ।

यो विशेष ऐतिहासिक पर्वलाई स्थानीय स्तरमा भव्य रूपमा मनाउन र सांस्कृतिक धरोहरको संरक्षणमा आम नगरवासीलाई सहभागी गराउनका लागि पालुङटार नगरपालिकाले आज नगर क्षेत्रभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

- Advertisement -
Ad image

ऐतिहासिक जनश्रुति अनुसार वि.सं. १६०४ मा सुरु भएको र विजयादशमीको दिन दौडिएर पहिलो हुने व्यक्ति एक वर्षका लागि राजा बन्ने प्राचीन परम्परालाई स्मरण गर्दै यो प्रतियोगितालाई निरन्तरता दिइँदै आएको छ।

चेपे नदी र मर्स्याङ्दी नदीको दोभान चेपेघाटदेखि सुरु भई समुद्री सतहबाट करिब १,४३७ मिटर उचाइमा रहेको लिगलिगकोट गढीसम्म पुग्ने झण्डै १३.८ किलोमिटरको कठिन भौगोलिक दूरीमा धावकहरूले आफ्नो शक्तिको परीक्षा दिइरहेका छन्। प्रतियोगितामा प्रथम हुने धावकलाई श्रीपेच र नगद पुरस्कारसहित एक वर्षका लागि प्रतीकात्मक रूपमा ‘लिगलिगे राजा’को मानार्थ उपाधि प्रदान गरिनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्