ओमानमाथि नेपालको ऐतिहासिक दबादबा: ११३ रनको विशाल अन्तरले घरेलु टोली स्तब्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ आश्विन २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको शृङ्खलामा नेपालले घरेलु टोली ओमानमाथि ११३ रनको सानदार र फराकिलो जित दर्ता गरेको छ। अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो।

२६४ रनको विजयी लक्ष्य पछ्याएको ओमान नेपाली बलरहरूको सन्तुलित र धारिलो बलिङसामु निरिह बन्दै ४० ओभरमा मात्र १५० रनमा अलआउट भयो। यो सानदार जितसँगै नेपालले लिग–२ को अङ्क तालिकामा महत्वपूर्ण दुई अङ्क थप्दै आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको छ।

- Advertisement -
Ad image

नेपालका लागि ब्याटिङतर्फ कप्तान रोहित पौडेलले ६१ रनको परिपक्व कप्तानी इनिङ खेले भने अर्जुन कुमालले ओपनिङमा सम्हालिएको ब्याटिङ गर्दै ४० रन जोडे। खेलको अन्तिम ओभरहरूमा तीव्र गतिका बलर करण केसीले विष्फोटक ब्याटिङ गर्दै मात्र १६ बलमा ४० रन जोडेपछि नेपालले बलियो स्कोर खडा गरेको हो।

यस्तै मध्यक्रमका ब्याटरहरू बसिर अहमद र ईशान पाण्डेले समान ३७–३७ रनको योगदान दिए। बलिङतर्फ सन्दीप लामिछाने र नन्दन यादवले ओमानको ब्याटिङ ढाड सेक्ने क्रममा समान ३–३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले १–१ विकेट चट्काए। घरेलु टोलीका कप्तान विनायक शुक्लाले ७७ रनको संघर्षपूर्ण इनिङ खेले पनि टोलीलाई लज्जास्पद हारबाट जोगाउन सकेनन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्