भदौ २४ गते बुधबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ भाद्र २०८३, बुधबार
7 Min Read
Aa

आज मिति वि.सं.२०८३ साल भाद्र २४ गते । बुधबार । इस्वी सन् २०२६ सेप्टेम्बर ९ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । भाद्र कृष्णपक्षको त्रयोदशी तिथि । आज बिहान ५ बजेर ४६ मिनेटमा काठमाडौँ उपत्यकामा झुल्किएको घाम साँझ ६ बजेर १८ मिनेटमा अस्ताउनेछ । मध्यान्ह १२ बजेदेखि दिउँसो १ बजेर ३३ मिनेटसम्म राहुकाल रहने हुनाले कुनै पनि शुभकार्य नगर्नुहुन अनुरोध छ ।

 

- Advertisement -
Ad image

आजको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिने समय छ । रोकिएको काम दोहोऱ्याएर गर्दा लाभ मिल्नेछ । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ, ध्यान राख्नुहोला । स्थायी सम्पत्तिमा विवाद आउनसक्ने याोग छ । धैर्यसाथ काममा जुट्नु उचित हुनेछ । मेहनत गर्दा सामान्य लाभ भइरहनेछ । यात्रा सार्थक रहनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– विभिन्न अवसरले पछ्याउने समय भएपनि व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ । स्वास्थ्यमा सामान्य कमजोरी रहन सक्छ । परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउला, तापनि बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ । बौद्धिक तथा रचनात्मक काममा विशेष सफलता मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– खर्च लागे पनि दिगो आयस्रोत जुटाउन सकिने समय छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिनेछन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्न सक्छ, सबल स्वास्थ्यका लागि सतर्क रहनुपर्नेछ । नियमित कार्यमा जाँगर नचलेपनि जिम्मेवारी भने बढिरहने देखिन्छ । पढाइलेखाइमा खासै समय दिन नसकिएला । धर्मकर्ममा आकर्षण बढ्नेछ । विवेकको प्रयोगबाट शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– आजको दिन बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । समयमा होश नपुग्नाले खर्च पनि वृद्धि हुने देखिन्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सजगता अपनाउनुहोला । जोखिम बढ्ने तथा खर्चको तुलनामा कममात्र फाइदा हुने योग छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ, ध्यान राख्नुहोला । लेनदेनमा विवाद नगर्नु उचित हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– व्यावसायिक आम्दानी बढ्ने र पछिसम्म फाइदा हुने कार्य प्रारम्भ गर्न सकिने समय छ । अभिप्रेरणा जगाउनेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रमाइलो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कलात्मक कर्ममा विशेष सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन् । अध्ययन-अध्यापनमा समय दिन नसकिएला । लेनदेनको विवादले हानी गर्न सक्छ, आजको दिन आर्थिक कारोबार सकभर नगर्नु उचित हुनेछ । पुराना समस्या दोहोरिन सक्छन् । स्वादिष्ट भोजनको अवसर प्राप्त भए पनि स्वास्थ्य-समस्याले सताउन सक्छ, सजग रहनुहोला । अनावश्यक जमघटले काममा बाधा गर्न सक्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– सेवामूलक कार्य वा परोपकारबाट प्रतिष्ठा मिल्ने समय छ । सोचेका काम बिस्तारै बन्नेछन् । नाम, दाम र इनाम मिल्ने योग छ । आज स्वास्थ्य भने केही कमजोर रहला । साझेदारीको काम स्थगित हुनाले मन खिन्न रहला । लगनशील बन्न नसक्दा आलोचनाको शिकार बन्नुपर्ने देखिन्छ । कमी–कमजोरीमाथि टिप्पणी हुनसक्छ । प्रतिकुलताका बाबजुद साहसिक काममा आकर्षण रहनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– मिश्रित फलदायी समय छ । सुख सुविधाको बस्तु खरिदमा खर्च वृद्धि हुनसक्छ । सानातिना काम तथा घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । अर्थ अभावले महत्वपूर्ण योजना स्थगित हुन सक्छ । तापनि प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ । भूमिसम्बन्धी तथा पैत्रिक सम्पत्तिमा विवाद आउने योग छ । व्यावसायिक काममा अवरोध आउन सक्छ, सजग रहनुहोला । आरोग्यबल बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्ने समय छ । भौतिक साधन जुट्नेछन् भने उद्योग र व्यापारमा विशेष फाइदा होला । साझेदारीको व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । तथापि, इच्छाशक्ति एवं मेहनतले राम्रो फाइदा दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ । बौद्धिकताको उपयोगले समस्याबाट सजिलै पार पइनेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– नियमित कार्यमा विशेष सफलता प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्न सकिनेछ । नयाँ व्यवसायले दीर्घकालिक लाभ दिनेछ । आज आर्थिक कारोबार राम्रै हुने देखिन्छ । स्वास्थ्य सबल रहला । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– अरूको दबाबमा परेपनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्ने समय छ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रशन्न रहला । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर हुनेछ । आरोग्यबल बढ्नेछ । मित्रजनका साथ मिठो भोजन प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिने समय छ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्ने देखिन्छ । उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्नु हितकर होला । अप्रिय समाचारले मन खिन्न तुल्याउने योग पनि छ । सोख पूरा गर्न खर्च केही वृद्धि होला । सुख-सुविधाको वस्तु बढ्नेछन् ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्