भदौ २१ गते आईतबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०८३, आईतवार
7 Min Read
Aa

आज मिति वि. सं. २०८३ भाद्र २१ गते आईतबार ई. सं. २०२६ सेप्टेम्बर ६ नेपाल सम्बत ११४६ गुलागा दशमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र शुक्ल पक्ष दशमी, चन्द्रमा मिथुन राशिमा, आद्राशिरा नक्षत्र, सिद्धि योग, वणिज करण । आज बिहान ५ बजेर ४५ मिनेटमा काठमाडौं उपत्यकामा झुल्किएको घाम साँझ ६ बजेर २१ मिनेटमा अस्ताउनेछ ।

 

- Advertisement -
Ad image

आजको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– आजको दिन विशेष योजना कार्यान्वयनमा दोधारको अवस्था सिर्जना भएपनि रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । आत्मीयजनसँग भेटघाट हुनुका साथै पारिवारिक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यसम्बन्धी पुरानो समस्या बल्झिने सम्भावना रहेकोले सावधानी अपनाउनु हितकर होला । आफ्ना कमी-कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ । इष्टमित्रको सहयोग प्राप्त हुने देखिन्छ । रसरागका क्रियाकलापमा मन जाने देखिन्छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– केही चुनौती बढ्ने र नियमित कार्यमा व्यवधान पैदा हुनसक्ने समय छ । भौतिक साधनको खराबीले लक्ष्य प्राप्तिमा बाधा गर्न सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहने देखिन्छ । व्यवहारिक सक्रियतामा भन्दा कल्पना र भावनामा केन्दित भइने सम्भावना छ । बोलीको विपरीत अर्थ लाग्ने योग भएकोले बोली र व्यवहारमा संयमता अपनाउनुपर्नेछ । प्रतिकुलताका बाबजुद नयाँ कामको प्रस्ताव आउने सम्भावना छ । प्रेमभाव बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– नयाँ कामको प्रस्ताव आउने र अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिने समय छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्ला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । सकारात्मक कार्यमा व्यस्तता वृद्धि होला । सभा-समारोहमा मान प्राप्त हुने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पढाइलेखाइमा प्रगति हुनेछ । कामको सफलताले थप हौसला जगाउनेछ । आरोग्यता रहनेछ । कर्मबल वृद्धिका साथै विशेष कार्यमा साथीभाइको सहयोग प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । सन्तानपक्षबाट सुख मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– मिश्रित फलदायी समय छ । नियमित कार्यमा केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्ने सम्भावना रहेकोले संयमपूर्ण व्यवहारको दरकार छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गरी महत्वपूर्ण काम सम्पादन गर्न सकिने देखिन्छ । खर्चको मात्रा केही बढ्ने योग छ । व्यवसायमा लगानी बढाउनुपर्ने अवसथा आउन सक्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– उद्योग तथा व्यापारमा सामान्य फाइदा मिलेपनि सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । तथापि, पराक्रमको माध्यमबाट जटिल काम सम्पादन हुनाले उत्साह बढ्ला । व्यापार-व्यवसायबाट विशेष फाइदा उठाउन सकिने देखिन्छ । अध्ययन-अध्यापनमा प्रगति हुनेछ । व्यक्तिगत कमी-कमजोरीलाई सुधार्ने मौका मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– सद्विचार र व्यवहारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन् । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । विभिन्न उपहार प्राप्त हुने योग छ । मित्रजनका साथ रमाइलो जमघटको अवसर प्राप्त हुने देखिन्छ । शुभता बढेर रोकिएको काम बन्नेछ भने सामर्थ्य वृद्धि हुनेछ । खर्च वृद्धि हुनसक्छ, योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– आजको दिन मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित हुन सक्छ । पैत्रिक धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । शरीरमा उत्साह र उमङ्ग प्राप्त होला । स्वास्थ्य सबल रहनेछ । मित्रजनको सहयोग मिल्नेछ, तर परिवारमा असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने देखिन्छ । कामले धेरैको मन लोभ्याउन सकिएला । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ होला । कर्मबल बढ्नेछ । तथापि, चोरी वा ठगीमा परिने सम्भावना रहनुका साथै आर्थिक कारोबार गर्दा पनि निकै सजगता अपनाउनु हितकर होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिने समय छ । स्वास्थ्य पनि सबल रहला । अग्रज जनहरूको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत दिलाउला । आर्थिक पक्ष सुदृढ बन्नेछ भने न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगति हुने समय छ । हाँसखेलमा समय बित्नसक्छ । आज सहयोगीहरूले साथ दिनेछन् भने काममा सोचेजस्तै सफलता मिल्नेछ । टाढिएका आफन्तहरू नजिकिनेछन् । आफ्नै स्थानमै बसेर पनि विभिन्न काम सम्पादन गर्न सकिएला । कृषिकर्म र व्यावसायिक कामबाट विशेष लाभ मिल्नेछ । भाग्यबल वृद्धि भइ शत्रुलाई जित्ने सामथ्र्य बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– आजको दिन ज्यादा समय अनावश्यक दौडधुपमा बित्ने देखिन्छ । तथापि, बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलाको माध्यमबाट व्यक्तिगत स्वार्थ पूर्ति गर्न सकिएला । समयको गतिलाई पछ्याउन नसक्दाचाहिँ अलिक दुःख पाइएला । यात्राको सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु हितकर हुनेछ । प्रेमभाव वृद्धि र दाम्पत्यसुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ । सुखविलासको भाव जागृत होला ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्