धुन्चेमा अलपत्र यात्रुको स्थलमार्गबाट उद्धार प्रारम्भ: वैकल्पिक सडक सञ्चालनमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौँ – रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण धुन्चेमा अलपत्र परेका तीर्थयात्री, पर्यटक तथा सर्वसाधारणलाई स्थलमार्गबाट उद्धार गर्न सुरु गरिएको छ। बाढीले मुख्य राजमार्गहरू अवरुद्ध गरेपछि बागमती प्रदेश सरकारको समन्वयमा वैकल्पिक मार्ग प्रयोग गरी यात्रुहरूलाई काठमाडौँ ल्याउन थालिएको हो।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरका अनुसार धुन्चेमा रोकिएका यात्रुहरूलाई निःशुल्क खानाको व्यवस्था गरी पहिलो चरणमा मोटरमार्फत महावीरसम्म पुर्‍याइनेछ। त्यसपछि महावीरबाट करिब एक घण्टा पैदल हिँडाएर चौगटी पुर्‍याइने र त्यहाँबाट प्रदेश सरकारले व्यवस्था गरेको निःशुल्क बस सेवा मार्फत काठमाडौँ ल्याउने प्रबन्ध मिलाइएको छ।

- Advertisement -
Ad image

रसुवा वैकल्पिक सडक सञ्जालमा जोडियो
यसैबीच अवरुद्ध बनेको रसुवाको सडक वैकल्पिक खण्डमार्फत पुनः सञ्चालनमा आएको छ। काठमाडौँ–टोखा–छहरे–गड्खारपुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको सडकखण्डमा साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन हुन थालेका छन्।

सडक खुलेपछि प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन र यात्रुहरूको आउजाउमा सहजता आएको छ। यसका साथै त्रिशूली पारिको क्षेत्रमा अवरुद्ध रहेको मध्यपहाडी लोकमार्ग मर्मतको कार्यलाई पनि तीव्रता दिइएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्