भदौ ०३ गते बुधबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ भाद्र २०८३, बुधबार
7 Min Read
Aa

आज मिति वि. सं. २०८३ भाद्र ०३ गते बुधबार ई. सं. २०२६ अगस्त १९ नेपाल सम्बत ११४६ गुलाथ्व सप्तमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल पक्ष सप्तमी, चन्द्रमा तुला राशिमा, स्वाती नक्षत्र, ब्रह्म योग, गर करण, आज विश्व फोटोग्राफी दिवस, राष्ट्रिय सूचना दिवस र आज विश्व मानवीय दिवस । आज बिहान ५ बजेर ३६ मिनेटमा काठमाडौँ पत्यकामा झुल्किएको घाम साँझ ६ बजेर ४० मिनेटमा अस्ताउनेछ ।

 

- Advertisement -
Ad image

आजको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुनसक्ने समय रहेकोले सावधानी अपनाउनुहोला । खर्च बढ्ने साथै मनमा दुविधा रहने देखिन्छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ, खानपानलगायतका विधि–व्यवहारमा विशेष सावधानी अपनाउनु हितकर होला । व्यक्तिगत काममा समय र धन खर्च हुने देखिन्छ । विशेष योजनामा बिघ्नबाधा उपस्थित हुन सक्छन् । बौद्धिक एवम् रचनात्मक कार्य बन्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– खर्च केही बढ्ने र घरायसी समस्याले सताउनसक्ने समय छ । तथापि, आत्मविश्वास उच्च रहनाले कार्यमा सफलता मिल्ने देखिन्छ । सकारात्मक कार्यमा भएको खर्चले सन्तुष्टि दिलाउला । मित्रजनको साथ रहनेछ । स्वास्थ्य केही कमजोर रहन सक्छ, सावधानी अपनाउनुहोला । कर्मबल बढ्नेछ । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्नुहुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– आजको दिन कतै विवाद तथा झैझगडाको सम्भावना रहेकाले विशेष सावधानीका साथ व्यवहार गर्नु हितकर हुनेछ । हातहतियारबाट जोगिन पनि सचेतना अपनाउनुपर्ने देखिन्छ । आर्थिक पक्ष ठिकै भए पनि अनावश्यक वादविवादमा परिएला । साझेदारसँग संयमतापूर्वक व्यवहार गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा विवाद हुन सक्छ, संयमताको खाँचो छ । चुनौतीका बाबजुद शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– आजको दिन अधुरा कार्यमा सफलता मिल्नुका साथै नयाँ काम गर्नमा जाँगर वृद्धि होला । आँटेका कामहरू सजिलै पूरा हुने देखिन्छ । आर्थिक लाभ मिल्ने खालको समय छ । सहयोगीहरूबाट साथ–समर्थन पाइएला । आवश्यक ठाउँमा बुद्धिविवेकको सही प्रयोग हुनेछ । रोकिएका काम मिहिनेतले सम्पन्न हुने योग छ । खर्च केही बढेपनि सुख–सुविधा प्रािप्तले सन्तोष दिलाउला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– चुनौती केही बढ्ने समय छ । सुख–सुविधाबाट टाढा रहनुपर्ला । विशेष परिणामको आशाका साथ गरिएको काममा खासै सफलता नमिल्ने योग छ । अनावश्यक ठाउँमा धनको नाश हुनसक्छ । स्वास्थ्य केही कमजोर रहनाले सावधानी अपनाउनु उचित हुनेछ । यात्राका क्रममा विशेष सावधानी अपनाउनुहोला । प्रतिकुलताका बाबजुद साहसिक काममा आकर्षण बढ्नेछ

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– पराक्रम वृद्धिका साथै काममा साथीभाइको सहयोग प्राप्त हुने समय छ । तपाईंप्रति अरुको विश्वास बढ्नेछ । प्रेममा सुखद मिलनको अनुभव हेला । प्रयत्न गर्दा व्यावसायिक काममा फाइदा उठाउन सकिनेछ । रमााइलो यात्राको योग छ । यात्राबाट धनको लाभ पनि हुने देखिन्छ । मान महत्व र पराक्रम बढ्नाले समस्याको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– आजको दिन मित्रजनबाट साथ–सम्मान पाइए पनि नोकरीमा अपजस आउने योग छ, सजग रही कार्य–व्यवहार गर्नु हितकर हुनेछ । नियमित कार्यमा आवश्यक जाँगर नचल्दा कामहरू अधूरै रहने सम्भावना छ । मान–सम्मानमा आघात पर्ने देखिन्छ, सजग रहनुहोला । नयाँ कामको सुरुवात गर्दै हुनुहुन्छ भने आजको लागि थाती राख्नु उचित हुनेछ । रसरागमा आकर्षण रहला ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– आजको दिन सामाजिक काममा नेतृत्वदायी भुमिकामा खट्नुपर्ला । मान–प्रतिष्ठामा वृद्धि हुने देखिन्छ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । मनमा शान्ति मिल्नुका साथै बौद्धिक कार्यहरू सफल हुनेछन् । चल–अचल सम्पत्तिको कारोवार हुने सम्भावना छ । आरोग्यबलका साथै पराक्रम बढ्नेछ । रसरागको भाव वृद्धि होला । पारिवारिक सुखशान्ति बढ्नुका साथै गर्न लागेको विशेष कार्यमा सफलता मिल्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– आत्मविश्वास तथा पराक्रम वृद्धि भइ धनलाभ हुने समय छ । आँटे–गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिकलाभ मिल्नाले मन हर्षित हुने देखिन्छ । विशेष योजना कार्यान्वयनको सवालमा पनि अनुकुल समय छ । काम पूरा गरेरै छाड्ने अठोट गर्दा कठिन कार्य पनि सफल हुनेछ । व्यापार–व्यवसायमा उन्नति हुनेछ । परिवारिक सुखले उत्साह बढाउनेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– शुभदायी र नयाँ काम सुरु गर्ने समय छ । भाग्यले साथ दिनाले आर्थिक लाभ हुनुका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सरिक भइएला । प्रेम प्रसंगमा रमाइनेछ । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । व्यापारमा राम्रै धनलाभ हुनेछ । सन्तानसुख वृद्धि होला । दाम्पत्यसुख बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– रचनात्मक काममा जुट्ने समय छ । आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । आयआर्जन बढ्नाले मन प्रशन्न रहला । सन्तान पक्षबाट पनि सुखको समाचार आउला । सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ । मित्रजनले काममा सहयोग जुटाउनेछन् । प्रेमभावका साथै आँट वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक तथा रचनात्मक काममा विशेष सफलता मिल्ने योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– व्यस्तता बढ्ने र व्यवहारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरु पनि सम्पन्न हुने दिन छ । नयाँ काममा मन जाने देखिन्छ । अरुलाई गरेको बाचा पूरा होला । मित्र एवम् आफन्तजनको साथ मिल्ने योग छ । सुख विलास बढ्नेछ । यात्रापरक काम बन्नुका साथै कुनैपनि समस्याको समाधान मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्