खगेन्द्रलाई गृहमन्त्रीले भनेः चरित्र हत्या गर्न पाइँदैन, गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ श्रावण २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा समितिमा भएको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन समिति बैठकमा मन्त्री गुरुङले आफ्नो अनुपस्थितिमा गृह सचिव तथा प्रहरी प्रमुखप्रति भएको व्यवहार र प्रस्तुतिप्रति आपत्ति जनाउँदै मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

- Advertisement -
Ad image

उनले भने, ‘कसैलाई एउटा उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन। आरोप कसैले जे लगाउन पनि सक्यो भन्दैमा कसैको चरित्र हत्या गर्न पाइँदैन। त्यसमा गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ।’

उनले उजुरी वा आरोप लाग्दैमा जोकोहीलाई दोषी करार गरेर चरित्र हत्या गर्न नमिल्ने र न्यायिक/कानुनी प्रक्रिया पूरा नगरी समितिमा यस्तो व्यवहार गरिनु अनुचित भएको उल्लेख गरे।

उजुरीको भरमा कोही पनि न्यायाधीश बन्न नमिल्ने उनको भनाइ छ । उनले वर्तमान सरकारको स्पिरिटमा प्रहरी प्रशासन दिनरात खटिरहेको धारणा राखे।

मन्त्री गुरुङले कारागारभित्र ‘नाइके,भाइनाइके र चौकीदार’नियुक्तिमा हुने विकृति तथा जेललाई कमाउने माध्यम बनाउने प्रवृत्तिका कारण हाललाई यो नियुक्ति प्रक्रिया रोकिएको जानकारी दिए। अबदेखि चौकीदार नियुक्तिका लागि पारदर्शी मापदण्ड लागू गर्न आफूले निर्देशन दिइसकेको उनको भनाइ छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्